विराटनगर । सामान्य झै–झगडाकै आधारमा देवरले भाउजुको घाँटी रेटेर हत्या गरेका छन् । मोरङको रंगेली नगरपालिका–३ तिलुवा चौकका १९ वर्षीय बिनोद यावदले आफ्नै भाउजु अनिता यादवको हत्या गरेका हुन् ।
मोरङ प्रहरीका अनुसार २४ वर्षीया अनिता र बिनोदको मंगलबार साँझ साढे ६ बजे विवाद भएको थियो । उनले त्यहि रिसलाई साँधेर बेलुका ८ बजे अगाडीबाट घाँटीमा दाउले हानेर हत्या गरेको अनुसन्धानमा खुलेको छ ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार घटनाको भित्री पाटो अझै रहस्यपूर्ण अनुसन्धानमै रहेको छ । अनिताको शव आज बिहान साढे ७ बजे तिलुवाचौकमा फेला परेको थियो । प्रहरी ९ बजे बिनोदसहित अनिताका पति बेचन यादव र सासु तथा ससुरालाई समेत सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो ।
तर, सोधपुछपछि बिनोदले घटना गराएको प्रारम्भिक बयानमा खुलेपछि अन्यलाई छोडेर उनी विरुद्ध मुलुक अपराध संहिता २०७४ को ज्यान सम्बन्धि कसूरमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले अभियुक्तले घटना हुँदा लगाएको कपडा र दाउ समेत बरामद गरेको छ ।