प्रदेश १ मा एकैदिन आज २१ जनाको मृत्यु

प्रदेश १ मा एकैदिन आज २१ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालमा उनीहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

प्रदेशमा एकै दिन यतिको धेरै संख्यामा संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । यसअघि २४ घण्टामा १८ जनाको मृत्यु भएको रकेर्ड थियो ।
मन्त्रालयका अनुसार ९ जना महिला र १२ पुरुषको मृत्यु भएको हो । मोरङमा ७, झापामा ६, सुनसरीमा ५, उदयपुरमा १ र अन्यमा २ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ । उनीहरुको विराटनगर, धरान र झापाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । कोरानाको दोश्रो लहर चलेसँगै प्रदेश १ मा १४३ जनाको मृत्यु भईसकेको छ । पहिलो र दोस्रो लहरमा ७०५ जनाको मृत्यु भईसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्