झि :पुच बिराटनगर द्वारा सहयोगको हात अगाडी बढाइयो

<span class='c1'>झि :पुच बिराटनगर द्वारा</span> <span class='c2'>सहयोगको हात अगाडी बढाइयो</span>

विराटनगर

झि: पुच (नेपाल भाषा तथा सांस्कृतिक संघ ) बिराटनगरले यस महामारीका समयमा आफ्ना समुदायका सदस्यहरुले उपचार अभावमा अकालमा ज्यान गुमाउनु नपरोस भन्ने मूल उद्देश्यका साथ सहयोगको हात अघि बढाएको छ।

कोरोनाको यो महामारीका समयमा सामान्य औषधि अभावमा धेरै जनाले ज्यान गुमाउन थालेपछि आफ्ना समुदायका असहाय ,गरिब व्यक्तिहरुलाई यदि सामान्य सिटामोल सम्म किन्ने पैसा नभएर अफ्ट्यारो परेको भए झि :पुच समिति सो व्यक्तिलाई औषधि चाहिएको भए औषधि उपलब्ध गराउन,कोहि कसैलाई उपचारको लागि अस्पताल सम्म पुग्न समस्या भए आफुहरुले अस्पताल सम्म पुर्याइदिन सदैव तैयार रहेको झि :पुच समिति बिराटनगरका वर्तमान उपाध्यक्ष भबिस श्रेष्ठले जानकारी दिए।

हाम्रो समुदायका व्यक्ति भन्नाले कसलाई भन्न खोजिएको भन्ने हाम्रो प्रश्नमा उनि भन्छन् ,' यो अभियान संस्थागत भएकोले हामीले विशेष रुपमा हाम्रा सदस्यहरु जो ४००० को हाराहारीमा हुनुहुन्छ ऊहाँहरुलाई भनिएको हो तर यो महामारीका समयमा यदि हाम्रो समुदाय बाहिरका पनि असहाय तथा गरिब समुदायका व्यक्तिहरुले हामीसंग सहयोग माग्नुभयो भने हामि सहयोग गर्न तयार छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्