कोरोनाबाट प्रदेश १ मा आज सबैभन्दा धेरै २३ जनाको मृत्यु

कोरोनाबाट प्रदेश १ मा आज सबैभन्दा धेरै २३ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ७ महिला र १६ पुरुष गरी २३ जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हिजो बुधबार सार्वजनिक तथ्यांक अनुसार २१ जनाको मृत्यु भएको थियो । आज सबैभन्दा बढी कोरोना संक्रमणका कारण मोरङमा ८, सुनसरीमा ७, झापामा ५ र अन्य जिल्लाका ३ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा हिंजोमात्रै मोरङमा ७, झापामा ६, सुनसरीमा ५, उदयपुरमा १ र अन्यमा २ जनाको मृत्यु भएको थियो । आजसम्म कोरोना संक्रमणका कारण प्रदेश १ मा मर्नेको संख्या २१२ महिला र ५१६ पुरुष गरी ७२८ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८ हजार ५४१ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ७९२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २१९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्