विराटनगर
विश्वव्यापी रुपमा फैलिएको यस कोरोना महामारीका समयमा लायन्स क्लब अन्तराष्ट्रीय अन्तर्गत लायन जिल्ला ३२५ ए वानका दुई क्लबहरु लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ रानीले संयुक्त पहलमा लायन्सको मूल उद्देश्य 'हामि सेवा गर्छौं ' लाई सार्थक पार्दै रोगले मरेपनि मान्छे भोकले मर्नुनपरोस भन्ने उद्धेश्यका साथ गत ६ दिनदेखि बिराटनगरका अस्पतालहरुमा खाना खुवाउन थालेको छ।
क्लबले बिराटनगरमा भएका कोशी अञ्चल अस्पताल , नोबेलका साथै बिराटनगर भित्र रहेका अन्य अस्पतालहरुमा समेत हरेक दिन २०० प्याकेट खाना र ४०० बोतल पानि वितरण गर्दै आएको छ ।
यस अभियानमा प्रत्यक्ष रुपमा एक्जिक्युटिभका वर्तमान अध्यक्ष लायन पियुष लुनिया , रानीका वर्तमान अध्यक्ष लायन जितु रजक, लायन घनश्याम राठी , लायन रानु गोयल साथै क्लबका अन्य पदाधिकारीहरु रहेका श्रोत व्यक्ति लायन सुभास आचार्यले बताए। पहिले आफुहरुले बिहान बेलुका खाना खुवाएको भएपनि अस्पतालका बिरामी तथा कुरुवाहरुले बिहान त बरु हामीले खाना पाउछौं तर बेलुकिलाई खाना खान समस्या हुने कुरा बताएपछि आजकाल भने हामि बेलुकी एकछाक मात्र खाना वितरण गर्न थालेका छौं।