देशभरिका सम्पूर्ण स्वास्थ्यकर्मीहरु सरकार प्रति आक्रोशित !! सरकारले बेवास्ता गरेको भन्दै यस्तो गुनासो पत्र लेखियो

देशभरिका सम्पूर्ण स्वास्थ्यकर्मीहरु सरकार प्रति आक्रोशित !! सरकारले बेवास्ता गरेको भन्दै यस्तो गुनासो पत्र लेखियो

बिराटनगर

हाल नेपाल तथा बिस्श्व नै कोरोना महामारीको दौडान मा दगुरिरहेको बेला त्यहि अबस्थालाई जोगाउन आफ्नो ज्यानको बाजी राखेर काम गर्ने स्वास्थ्यकर्मी साथीहरु बाट गुनासो नै गुनासोहरु आउन थालेका छन् | रातभरी करायो दक्षिणा हरायो भने जस्तै सरकारले सेवा गर्ने हरुलाई सुरक्षाका लत्ता देखि जोखिम भत्ता सम्म अनुहार र पद हेरेर दिने गरेको पाएको छ | हरेक स्वास्थ्य संग्स्थाका कर्मचारीहरुले स्थानीय तहको सरकार संग्ग गुनासो सुनायता पनि सुनुवाई नै नहुने र प्रदेश तथा केन्द्रीय सरकारबाट पनि कुनै किसिमको आस लाग्दो पहल नगरिएको कुरा समेत छर्लंग देख्न सकिन्छ |

देशको कुना कुनामा रहेका स्वाथ्य संग्स्थाहरुमा काम गर्ने स्वास्थ्यकर्मीहरु जो आफ्नो भोक, प्यास, निन्द्रा सब त्यागेर १२ बजे रातिको निसकार अध्यारो पनि नभनी हातमा टुकिबत्ति र औसधिमुलो बोकेर बिरामीलाई घर घर मा पुगी सेवा दियिरहेका हुन्छन | त्यस्तै गाउ तथा स्थानीय तहका स्थानीय बासीहरु जो कोरोना बाट संग्क्रमित भएका छन् उनीहरुको सेवाको लागि आफ्नो ज्यान लाइ जोखिममा राख्दै प्रत्यक्ष उपस्थिति भएर नै औसधि उपचार देखि स्वाथ्य शिक्षाका सेवाहरु समेत पुर्याईरहेका हुन्छन| त्यसैगरि गाउका हेल्थ डेस्क देखि लियर कोरोना संग्क्रमित को स्वाब कलेक्सन तथा ब्यबस्थापनमा समेत स्वास्थ्यचौकी देखि माथिल्लो स्तर सम्मका देश भरिका सम्पूर्ण स्वास्थ्य संघसंस्थाका स्वास्थ्यकर्मीहरु उत्तिकै मात्रामा खटिरहेका हुन्छन तर विडम्बना राज्यले दिने सेवा सुबिधा तथा राहत भने सौता का सन्तान जस्तै कसिलाई आखा कसैलाई पाखा गरेर तय गरेको छ; यस प्रति हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरु हरुको घोर आपत्ति जनाउदछौ |

नेपाल सरकार स्वास्थ्य तथा जनासंग्ख्या मन्त्रालय को च.न. ९३६, नेपाल सरकार मंत्री परिषदको निर्णय मिति २०७८/०१/१९ को पत्र अनुसार जुन अस्पतालहरुलाई मात्र लक्षित गरि रोगको पहिचान, निदान तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी भनेर उल्लेख गरि सुचना प्रकाशित गरिएको छ, त्यसको हामि घोर भत्सर्ना गर्दै त्यहाँ उल्लेखित बुदाहरु सच्याउन तथा थप गर्नको लागि अनुरोध गर्दछौ | सेवा प्रबाह साथै रोगको पहिचान, उपचार तथा रोकथामको निम्ति चै सम्पूर्ण सवास्थ्य केन्द्र तथा स्वास्थ्य इकाइ, स्वास्थ्य चौकी साथै प्राथमिक स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि बिना स्वास्थ्य सामग्री समेत कुना कुनामा पुगेर उत्तिकै सेवा प्रबाह गर्नुपर्ने तर राज्यले दिने सुबिधा तथा जोखिम भत्ता चै माथिल्लो तहमा अबस्थित स्वास्थ्य संग्स्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीको लागि मात्र छुट्याउनु यो सबै स्वास्थ्यकर्मीको निम्ति आपत्तिजनक विषय रहेको छ |

हामि देश भरिका सम्पूर्ण स्थानीय सरकार देखि माथिल्लो निकायका प्रदेश तथा केन्द्रीय सरकार समक्ष केहि मागहरु समेत प्रस्तुत गर्दछौ ;

१) हरेक स्वास्थ्य संग्स्थामा कार्यरत स्वास्थ्यकर्मी तथा का. स. को निम्ति सुरक्षाका सामाग्रीहरु को प्रयाप्त ब्यबस्था गरियोस |

२) स्वास्थ्यकर्मीहरुलाई संकटकालको अबधिभर निशुल्क खान तथा बस्ने ब्यबस्थाको निम्ति पहल गरियोस |

३) देशभरिका जुनसुकै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु जो यस महामारीमा सेवा प्रबाह गरिरहनु भएको छ; उहाहरु सम्पूर्णको निम्ति समान ब्यबहारले उचित जोखिम भत्ताको ब्यबस्था गरियोस |

४) यदि कुनै पनि स्वास्थ्यकर्मीहरुको सेवा प्रबाह गर्ने तथा गराउने क्रममा मृत्यु भएको खण्डमा निज व्यक्तिको परिवाको निम्ति स्वास्थ्य, रोजगार तथा शिक्षा को क्षेत्रमा निशुल्क सेवा सहित उचित राहत को व्यवस्था
गरियोस |

माथिका निम्न बुदाहरु माथी सरकारको ध्यानाकर्षण नभएको खन्डमा वा राहत को निम्ति समान तरिकाले पहल नगरिएको खण्डमा भोलिका यी सेवा दिने हातहरु अनि आत्मबल बनाइदिने मनहरु सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनको निम्ति होमिन सक्ने कुरा पनि यसै पत्र द्वारा सुचित गराउन चाहन्छौ। त्यसैले राज्यको यस बिसयमा तुरुन्तै ध्यानाकर्सण समेत गराउदछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्