पाठक पत्र : पुर्व न्यायाधीशलाई प्रश्न !

पाठक पत्र : पुर्व न्यायाधीशलाई प्रश्न !

बर्तमान राजनीतिक घटनाक्रमका सम्बन्धमा प्रेस बिज्ञप्ति जारी गर्ने शुशिला कार्की सहित ४ जना प्रधान न्यायधिसलाई प्रश्न :

सरकार गठनका लागि बहुमत ल्याउने पार्टीले संबिधानको धारा ७६ (१) अनुसार स्वत सरकार गठन गर्न पाउने सो नभए धारा ७६ (२) अनुसार दुइ वा दुइ भन्दा बढी पार्टीको बहुमतबाट सरकार गठन गर्न सक्ने वा सो पनि सम्भब नभए जेठो (संख्या अनुसार) पार्टीले सरकार ऐन ७६ (३) अनुसार सरकार गठन सक्ने कानुनी व्यवस्था रहेको छ सो जेठो पार्टीले १ महिना भित्रमा विश्वासको मत लिन नसके धारा ७६ (५) अनुसार कुन‌ै पनि सांसदले बहुमत पुर्याएर नयाँ सरकार गठन गर्न राष्ट्रपतिलाई पेस गरेर राष्ट्रपतिले नियुक्त गर्न पाउने व्यवस्था हैन र ?

अहिलेको परिस्थिति हेर्दा कांग्रेसका सभापति जो अहिले उक्त धारामा टेकेर प्रधानमन्त्री बन्ने आशा गरेका छन् , उनि बहुमत पुर्याएका सांसद हुन् कि बिपक्षी दलका नेता ? वैशाख २७ गते प्रधानमन्त्री के पी ओलीले बिश्वासको मत लिन नसकेपछि बैशाख ३० गते बेलुकी ९ बजे सम्म बहुमत दलको सदस्य संख्या लिएर प्रधानमन्त्रीको दाबी गर्न आउनु भनेर ७२ घण्टाको समय रास्ट्रपतिले दिएको हैन र ? सो अबधिमा पनि बहुमत पुगाउन नसकेपछी फेरी सोहि सुबिधा शेरबहादुर देउवाले पाउने हो र ?

तपाई ४ जना सर्वाच्चको न्यायाधीश भइसकेको मान्छे , कसरी सर्वोच्चको कानुनको व्याख्या गर्नु हुन्छ ? कसरी न्याय गर्नु भयो विचार गर्नुहोस त !

लेखक : दुर्गाराम कार्की , न्याय सेवाको भूपू कर्मचारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्