यस्तो पो नेता !

यस्तो पो नेता !

विवेक दाहाल

अहिले सामाजिक संजालमा एउटा तस्बिर छाएको छ , लाखौले उक्त व्यक्तिको तस्बिर सेयर गरेर स्वास्थ्य लाभको कामना गरिरहेका छन् । नेपालमा सजिलै पत्याउन गाह्रो होला तर पहिलो पटक र सम्भवत पहिलो नेता होलान उज्ज्वल थापा जसलाई देशमा मात्रै हैन बिदेशमा रहेका नेपालीहरुको पनि माया र सद्भाव पोखिरहेको छ ।
कोरोना संक्रमित भएर दुई सातादेखि उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य सुधार होस् भनेर २४ घण्टामा ५० लाख जनताबाट उठ्नु नै उज्जवल थापालाई नेपालीले गरेको सम्मान प्रस्ट हुन्छ।
सामाजिक संजाल वा डिजिटल पत्रिकामा कोहि नेता बिमारी परे भनेर समाचार देख्दा "रिप" लेखेर आक्रोश पोख्ने त्यहि नेपाली आज उज्वलको जीवन बचोस भनेर प्राथना गर्दैछन् ।

बिरलै देखिने वा सुनिने कुरा हो यो नेपालमा । जनतामा प्राय सबै नेता प्रतिको बितृष्णा बीच उज्जवल थापा यस्तो नाम बनेर गुन्जिएको छ , मलाई लाग्छ ठुलो भनाउदा नेता पनि उज्जवल प्रति नेपाली जनताले गरेको माया र सद्भाव देखेर लोभिएका छन् । नेताका झोले कार्यकर्ता हैन आम नेपालीले उज्जवल थापाको प्राण जोगियोस भनेर देखाएको सौहार्दले राम्रो नेता सबैको साझा नेता बन्न सम्भव रहेछ भन्ने पनि पुष्टि भएको छ ।
खासै चर्चामा नआएका र आउन पनि नरुचाउने उज्जवल थापाको उपचार राम्ररी होस् र वहाले परिकल्पना गर्नुभएको "समृद्धि सम्भव छ , हाम्रै पालामा" अभियान साकार होस् ।
पहिलो पटक मेरो भेट उज्जवल थापादाई संग २०१२ तिर विराटनगर मै भएको थियो । सामाजिक सेवामा लाग्न भर्खरै सुरु गरेको मलाई उनको पहिलो भेटले अझ उर्जा थपिएको महसुश गरेको थिए मैले। हजारौ युवाका रोल मोडेल त्यो बेला नै बनिसकेका उज्ज्वल दाई मेरो लागि पनि प्रेरणा बनिसकेका थिए । कम बोल्ने तर बोलेको हरेक शब्द/वाक्यले ठुलो वजन बोकेको अनुभूत गर्न पाएको थिए वाहसंगको भेटमा ।

देश तथा विदेश मै ठुलो अवसर रहदा पनि नेपाल मै फर्किएर केहि गर्छु भन्ने वहाको सोच ,जुन बेला हामी युवाहरुमा नेपालमा केहि छैन विदेश जानु नै मुख्य लक्ष्य राख्ने गरेका थियौ धेरैले ।
उनले भनेका वाक्यमा बेग्लै दम हुन्छ , "हामी राम्रो सोच राख्ने युवाले नै राजनीति फोहर हो फस्नु हुदैन भन्छौ भने यसलाई सफा गर्ने कसले हो ? परिवर्तन ल्याउन सक्छौ हामी हाम्रै पालामा " भन्दै युवाहरुलाई उत्प्रेरणा गर्ने वहाको अभियानलाई केहि समयमा नै लाखौ युवाको साथ रह्यो । बिबेकशील नेपाली सामाजिक अभियानबाट नीति निर्माण मै युवाको पहुज हुनुपर्छ भनि बनाइएको संगठनमा "राजनीति केवल फोहोर हो" भन्ने सोच राख्ने युवा धेरै सामेल भए । "जो जहाँ बसेपनि , जहाँ काम गरेपनि इमान्दार बनेर काम गरे सबै बिबेकशील नेपाली हुन" उनले बुझाउन खोजेको बिबेकशील नेपालीको परिभाषा यस्तो बुझेको थिए ।
क्षमता भएका युवाको लागि एउटा आशा र बैकल्पिक शक्ति बनाउन उनको नेतृत्वमा बिबेकशीलले बिभिन्न नौला अभियान चलायो , नेपाल बन्दको मार खेपिरहेको त्यो बेला " नेपाल खुल्ला छ " जस्ता अभियानमा सामेल भयो , उद्यमी बन्नु पर्छ भनेर तालिम चलायो , जनताको सेवा गरेर वास्तविक राजनीति गर्न सकिन्छ भने जनचेताना फैलाउने काम गर्यो र त आज उज्ज्वल थापालाई नेपालमा अहिले सम्म कुनै नेताले नपाएको सम्मान मिलेको छ ।

एउटा असल नेतामा हुनु पर्ने धेरै गुण उनमा छ । मार्ग देखाउन सक्ने खुबी उनमा मैले र मा जस्ता धेरै युवाले देखेका छौ । उनीबाट अझ प्रभावित भएको अर्को क्षण सम्झन्छु , बिराटनगरबाट केहि दिनको लागि काठमाण्डौ गएको बेला मैले सामाजिक संजालमा उज्ज्वल दाइलाई मेसेज गरे , म काठमाडौं आएको छु भनेर । उताबाट तत्काल उत्तर आयो "ल बिबेक भेटौ अहिले नै, कहाँ छौ ?" मैले मसंग साधन छैन अहिले भन्न नपाउदै "तिमि कहाँ छौ भन म आफै आउछु भन्ने उत्तर आयो । म झसंग भए , यत्रो बिबेकशील नेपाली दलको अध्यक्ष मलाई आफै भेट्ने कुरा गर्नुहुन्छ । मैले म कमलपोखरीमा छु भने , वहा एउटा स्कुटर लिएर १० मिनेटमा त्यहाँ आउनुभयो । मलाई त्यो हार्दिकता र सरलताले झनै प्रभावित बनायो । करिब १ घण्टा सिटि सेन्टरमा हाम्रो घुमाइ र गफमा वहामा देश र समाजमा केहि परिवर्तन गर्ने "भुत" लागेको अनुभूति गरेको थिए ।


केहि बर्ष पहिले पनि वहालाई विराटनगरमा बाइकको पछाडी राखेर बिराटनगर बजार घुमाउदा पनि वहा परिवर्तन,युवाको राजनीतिमा आवस्यकता कै बिषय हुन्थियो । त्यो जोशिलो शरीर , त्यो परिवर्तन चाहने भुत , ति लाखौको आशा र भरोशा "उज्जवल दाइ" एउटा व्यक्ति हैन त्यो एउटा नेपाली युवाले राजनीतिमा देखेको सपना हो । तपाईले देखेको सपना पुरा हुनेछ , चाडै उठ्नुहोस दाइ !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्