निषेधाज्ञाबाट प्रभावितलाई हाम्रो समाजद्धारा राहत २ लाख बढीको रातह सामाग्री वितरण

निषेधाज्ञाबाट प्रभावितलाई हाम्रो समाजद्धारा राहत २ लाख बढीको रातह सामाग्री वितरण

विराटनगर । विराटनगर ९ कलेज रोडमा रहेको हाम्रो समाज विराटनगरे निषेधाज्ञाबाट प्रभावित दैनिकी ज्यालादारीमा काम गर्नेहरुलाई राहत सामाग्री वितरण गरेको छ । निषेधाज्ञाको लामो समय सम्म वितिसक्दा पनि दैनिकी मजदुरी गरेर गुजरा चलाउनेहरुलाई समस्या हुदै जानथालेपछि हाम्रो समाजले रातह सामाग्री वितरण गरेको हो ।

हाम्रो समाजले झन्डै १५० परिवारलाई राहत वितरण गरेको जनाएको छ । यसअघि पहिलो चरणमा ५० घर परिवार र दोस्रो चरणमा १५० परिवारलाई झन्डै २ लाख भन्दा बढीको राहत सामाग्री वितरण गरिएको हाम्रो सामाजले जनाएको छ ।
कोभिड १९ को दोस्रो लहर सुरु भएयता सर्वसारणको अवस्थालाई हेरेर ४० जना अपाङगता भएकाहरुलाई समेत राहत वितरण गरिएको हाम्रो समाजका अध्यक्ष अनुप सापकोटाले जानकारी दिनुभयो ।

हाम्रो समाजले चामल , दाल, खानेतेल लगायत दैनिकी रुपमा आवश्यक पर्ने उपभोग्या सामाग्री वितरण गरिएको सापकोटाले बताउनुभयो ।
यता सरकारले गर्ने काम हाम्रो सामाजले गरेको कामबाट ३ तहको सरकारले पाठ सिक्नुपर्ने नेपाली काग्रेस युवा नेता कृष्ण कार्कीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्