दशौँ राष्ट्रिय खेलकुद : कोशी प्रदेशलाई १५५ रनको लक्ष्य

<span class='c1'>दशौँ राष्ट्रिय खेलकुद : </span> <span class='c2'>कोशी प्रदेशलाई १५५ रनको लक्ष्य</span>

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई १५५ रनको लक्ष्य दिएको छ।

निर्धारित २० ओभरमा एपीएफले ८ विकेट गुमाउँदै १५४ रन बनायो। एपीएफका लागि दीपक बोहराले ४४ बलमा सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले। त्यस्तै सुमित महर्जनले २१ बलमा २८ रन, अमरसिंह रौतेलाले १३ बलमा १६ रन र सन्तोष यादवले ११ बलमा ११ रन जोडे।

कोशी प्रदेशको बलिङतर्फ विपिन कुमार महतोले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। प्रतीक पोख्रेल र सुजन थपलियाले समान २–२ विकेट लिँदा फिरदोस अन्सारीले १ विकेट हात पारे।

कोशी प्रदेश अब १५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्