सिरहा । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरको आरोपमा पक्राउ परेका छन्। करिब २५ वर्षीय यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ निवासी यादवले सोही वडाका गुलाम गौस ९अली० लाई आमा बिरामी रहेको भन्दै पटक–पटक रकम मागेर १३ लाख ७० हजार ७५० रुपैयाँ ठगी गरेको आरोप छ। पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यादवले पीडितबाट खल्ती एप, बैंक ट्रान्सफर तथा नगदमार्फत उक्त रकम लिएको प्रहरीको भनाइ छ। पटक–पटक रकम फिर्ता माग्दा आजभोलि भन्दै आश्वासन दिने गरे पनि हालसम्म रकम फिर्ता नगरेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
यादवले गुलाम गौससँग मात्र नभई अन्य व्यक्तिहरूसँग पनि लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।