विराटनगरमा जेठ २५ र २६ गते भेरो सेल खोप लगाईदै, ६२ वर्ष उमेर पुगेका र अग्रपंक्तिमा खटिेनेलाई प्राथमिकता

विराटनगरमा जेठ २५ र २६ गते भेरो सेल खोप लगाईदै, ६२ वर्ष उमेर पुगेका र अग्रपंक्तिमा खटिेनेलाई प्राथमिकता

विराटनगर । विराटनगर महानगरपालिका भित्रका ६२ वर्ष उमेर भन्दा माथिका नागरिकलाई जेठ २५ र २६ गते कोभिड–१९ विरुद्धको खोप वडा अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा लगाउने भएको छ । यसका लागि २०१६ साल जेठ २५ गते अगाडी जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउन नागरिकलाई सूचित गरिएको हो ।

जिल्लास्तरीय कोभिड खोप समन्वय समितिको निर्णय अनुसार भेरो सेल खोपका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्य तथा चिकित्सक, चिकित्सा इन्टर्न विद्यार्थी, नर्स, पारामेडिक्स तथा जाँच, उपचार र हेरचाहमा खटिनेहरुका लागि समेत खोप लगाइने भएको छ । यसका लागि सम्बन्धित संस्थामा कार्यरत रहँदाको परिचयपत्र अनिवार्य गरिएको छ ।

यसैगरी अक्सिजन उद्योगमा कार्यरत कामदारका लागि समेत भेरोसेल खोप लगाइने भएको छ । यसका लागि सम्बन्धित उद्योगको परिचयपत्र ल्याउनुपर्ने छ । यसैगरी एक महिना अगाडी भेरोसेलको पहिलो डोज लगाएकाहरुले समेत खोप कार्ड लिएर आएको खण्डमा दोस्रो डोज लगाउन पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्