युवा अभियान्ता कार्कीद्वारा निशुल्क एम्बुलेन्स सेवा

युवा अभियान्ता कार्कीद्वारा निशुल्क एम्बुलेन्स सेवा

विराटनगर । नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्कीले कोरोना संक्रमित विरामीको लागी अक्सिजन सहितको एमुलेन्स सेवा उपलब्ध गराएका छन् । विराटनगर महानगरपालिका भित्रका कोरोना संक्रमितलाई अस्पताल सम्म पुर्याउनको लागी चन्द्र पराजुली फाउन्डेसनसँगको सहकार्यमा अक्सिजन सहितको एम्बुलेन्स सेवा उपलब्ध गराएका हुन् ।

विराटनगरमा भनेको बेला एम्बुलेन्स नपाउने भएका कारण सामाजिक कार्य अन्तगर्त कोरोना संक्रमित विरामी ओसारपसार गर्नको लागी यो निशुल्क सेवा प्रदान गरिएको कार्कीले बताउनुभयो । प्रदेश राजधानी र महानगरपालिका भित्रै एम्बुलेन्स नपाउने दावी कार्कीको छ ।

विराटनगर महानगरभित्रका जो कोही विरामीले निशुल्क सेवाको लागी फोन सम्पर्क गरेर सेवा लिन सकिने कार्कीले बताउनुभयो । कोरोना माहामारीको समय अवधीभरी नै यो सेवा प्रदान गरिने कार्कीले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्