विराटनगरका स्वास्थ्य संस्थामा खोप लगाउने उत्साहको भीड

विराटनगरका स्वास्थ्य संस्थामा खोप लगाउने उत्साहको भीड

विराटनगर । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि भन्दै भेरोसेल खोप आजदेखि लगाउँदैछ । विराटनगर महानगरपालिकाले सबै वडा कार्यालयको स्वास्थ्य संस्थामा लक्षित उमेर समूहका नागरिकका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो ।

महागरपालिकाले ६२ वर्ष माथिका जेष्ठ नागरिकलाई आज र भोलि खोप लगाउने भएको छ । विराटनगरमा ५ हजार ८४६ डोज खोप आज र भोलि लगाईने छ । यस पटकको खोपमा नागरिकको उत्साह धेरै देखिएको छ । लक्षित उमेर समूहका नागरिक बिहानैदेखि खोप केन्द्रमा पुगेका थिए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार अघिल्लो पटक कोभिसिल्ड खोप लगाउन नागरिकलाई फकाउनु परेको थियो । तर, यस पटक नागरिकले आफैं खोप खोज्दै आएका छन् ।

विभिन्न किसिमको भ्रम र खोपको प्रतिफल नबुझ्दा सरकारले दिएको सुविधाको खोप लगाउन यस अगाडी तोकिएको क्षेत्रमा आवद्ध नागरिकहरु जाँदैनन् थिए । तर, यस पटक संक्रमणबाट जोगाउँछ भन्ने प्रमाणित भएपछि नागरिकले आफ्नो अधिकारको रुपमा बुझेर केन्द्रसम्म गई खोप लगाएका छन् ।

आज विराटनगरमा ६२ वर्ष माथिकालाई लक्षित गरेर खोप लगाइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो । क्रमशः अवस्था हेरेर ६० वर्ष माथिकालाई, ४० वर्षदेखि माथिकाको उमेर समूहलाई पालैपालो लगाउने तयारी गरेको कार्कीले जानकारी दिनुभयो ।
आजका लागि भनेर नगरपालिकाले सबै वडामा गरी ३ हजार डोज खोप वितरण गरेको छ । विराटनगरका प्रत्येक खोप केन्द्रमा ३ देखि ४ जना कर्मचारी खटाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्