मुख्यमन्त्री निवास अगाडी सरकारी गाडी भित्रै मृत भेटिए चालक

मुख्यमन्त्री निवास अगाडी सरकारी गाडी भित्रै मृत भेटिए चालक

विराटनगर । विराटनगर–३ स्थित मुख्यमन्त्री निवास अगाडी  सिंचाई डिभिजन कार्यालय सुनसरीको गाडीका चालक  मृत अवस्थामा फेला परेका छन् । प्रदेश १–०४–०००१, झ–०००६ गाडीका चालक उदयपुर बेलका–३ का राज ढकाल मंगलबार दिउँसो मृत भेटिएका हुन् । उनी हाल विराटनगर–३ पुष्पलाल चौकमा कोठा लिएर बस्दै आएको खुलेको छ ।

गाडी भित्रै कोही व्यक्ति निस्सासिएर छट्पटाई रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नै घटनास्थलमा पुग्नु भएको थियो । म आफैं संयोगले त्यहाँ पुगेको थिएँ, मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भन्नुभयो–गाडीका ढोका लक थियो, पछाडीबाट फुटाएर उद्धार गरेका थियौं ।

प्रहरीले २ः३० बजे सूचना पाएको र उद्धारपछि नोबेलमा पठाएको एसपी खड्काले जानकारी दिनुभयो । नोबेलका चिकित्सकले ३ः३० बजे मृत्यु भएको घोषणा गरेका थिए । सरकारी गाडी त्यहाँ कसरी पुग्यो भन्ने कुरा रहस्यमय बनेको छ । घटनाको भित्री पाटोमा गहिरो अनुसन्धान सुरु गरेका छौं, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–किन र कसरी त्यो गाडी त्यहाँ पुग्यो भन्ने रहस्यमय जस्तो देखिन्छ ।

प्रहरीले प्रारम्भिक रुपमा गाडीका सबै ढोका बन्द भएकोले निस्सासिएको वा अन्य केहि सेवन गरेको हुनसक्ने अनुमान गरेको छ । तर, घटनाको भित्री पक्ष भने अहिले नै यकिन भईनसेकोले सुक्ष्म अनुसन्धान सुरु गरिएको बताएको छ । स्थानीयका अनुसार बिहानै ८ बजे गाडी रोकिएको थियो । चालक सिट फोल्ड गरेर सुतेकै अवस्थामै थिए । मुख्यमन्त्रीको निवास अगाडी सरकारी गाडी रोकेर राखिएको भनेपछि खासै याद गरेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्