बिर्तामोड । झापाको बिर्तामोडमा मारवाडी युवती मंचद्वारा विगत २५ दिनदेखि निशुल्क खाना कार्यक्रम संचालनमा आएको छ । हस्पिटल क्षेत्र ,सडक पेटीमा बस्ने ,मुसर बस्ति ,आसपासका बस्ति लगायतका स्थानमा खाना खुवाउने कार्यक्रम सञ्चालनमा रहेको छ ।
मञ्चका सदस्यले विभिन्न दाताको सहयोगमा उक्त खाना खुवाउने कार्यक्रम सञ्चालन गरिरहेका हुन । हालसम्म धेरैलाई खाना खुवाइरहेको र उक्त अभियान लगातार सञ्चालन गरिने अभियान्ताको भनाइ छ ।