करेन्ट लागेर नाबालकको मृत्यु

करेन्ट लागेर नाबालकको मृत्यु

बिर्तामोड । झापा बिर्तामोड–१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको ३ बर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्