चित्रगुप्त समाज कल्याण परिषदद्धारा राहत वितरण

<span class='c1'>चित्रगुप्त समाज कल्याण </span> <span class='c2'> परिषदद्धारा राहत वितरण</span>

विराटनगर । विराटनगर १० तीनटोलियामा रहेको चित्रगुप्त समाज कल्याण परिषदद्धारा राहत सामाग्री वितरण गरिएको छ ।


दोस्रो चरणको कोरोना माहामारीको समयमा सरकारले जारी गरेको निषेधाज्ञाबाट प्रभावित व्यक्तिहरुलाई परिषदले खाद्यन्न सामाग्रीसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
लामो समय सम्मको निषेधाज्ञाका कारण दैनिकी ज्यालादारी तथा अफ्ठयारोमा परेका २५ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको चित्रगुप्त समाज कल्याण परिषद विराटनगरका अध्यक्ष नविन कर्णले जानकारी दिनुभयो ।


निषेधाज्ञाको समय दिनका दिन थपिदै गएपछि दैनिकी ज्यालादारी तथा मजदुरी गरेर जिविको पार्जन गर्ने व्यत्तिहरुलाई विहान बेलुका छाक टार्न समस्या हुदै गएपछि केही राहत मिलोस भनेर खाद्यन्न सामाग्री वितरण गरिएको कर्णले बताउनुभयो । यसअघि पनि परिषदले विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आएको परिषदले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्