शैक्षिक गतिविधीसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षादिप कलेज

शैक्षिक गतिविधीसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षादिप कलेज

विराटनगर । प्रदेश नम्बर एकमा शैक्षिक क्षेत्रको रुपमा अब्बल मानिदै आएको शिक्षादिप कलेज विराटनगरले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ ।


हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भएका छन् । तर पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा भने निरन्तर लागी परेको छ । कलेजले अस्पताल तथा आईसोलेसन केन्द्रहरुमा आवश्यक पर्ने अक्सिजन सहितको सिलिन्डर लगायत स्वास्थ्य सामाग्री पनि वितरण गर्दै आएको छ ।
यसैविच निषेधाज्ञाको लामो समय सम्म दैनिकी गुजरा टार्ने तथा मजदुरी गरेर जिवीको पार्जन गर्दै आएका व्यक्तिहरुलाई कलेजले एक मुष्ट खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको छ ।
कलेजले विराटनगर ९ मा रहेको हाम्रो समाजलाई सो खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको हो । हाम्रो समाज लागयत अन्य सामाजिक क्षेत्रमा आवद्ध संघसस्थाहरुले प्राप्त गरेको खाद्यन्न सामाग्री न्युन आयास्रोत तथा अति विपन्न परिवारलाईसामाग्री वितरण गर्नेछ ।
कलेजले एक सय बोरा चामल ४ बोरा दाल , १० बोरा आलु, ४ बोरा नुन लगायत २ सय लिटर तेल तेलहरु एक मुष्ट सामाग्री हाम्रो समाजलाई हस्तान्त्रण गरेको हो ।
खाद्यन्न सामाग्री वितरण कार्यक्रममा शिक्षादिप कलेजका संस्थापक अध्यक्ष भीम पराजुली, प्रिन्सिपल ज्ञानु खड्का, कलेजका डाइेरेक्टर शैलेन्द्र शिवाकोटी, कार्यक्रम संयोजक वसन्त बस्नेत र शंकर भटाराई लगायतको सहभागिता रहेको थियो । यस अघि कलेजले विराटनगर एक आर आर एनको भवनमा रहेको आईसोलेसन केन्द्रलाई एक सय थान अक्सिजन सहितको सिलिण्डर हस्तान्त्रण गरेको थियो ।


कलेजले सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना माहामारीको चपेटामा परेका न्युन आयास्रोत वर्गका व्यक्तिहरुलाई केही राहत मिलोस भनेर खाद्यन्न सामाग्री वितरण गरिएको शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानु खड्काले जानकारी दिनुभयो । कलेजले यसअघि आईसोलेसन केन्द्रहरुमा अक्सिजन सहितको सिलिन्डर हस्तन्त्रण गरेको खड्काले बताउनुभयो । साथै विराटनगर ६ स्थित ३ सय ५० जनालाई निशुल्क खानाको व्यावस्था गरेको थियो ।
यता पहिलो पटक यति धेरै खाद्यन्न सामाग्री प्राप्त गरेको हाम्रो समाजका अध्यक्ष अनुप सापकोटाले बताउनुभयो । प्राप्त खाद्यन्न सामाग्री दैनिकी श्रम गरेर जिवीको पार्जन गर्दै आएका अतिविपन्न परिवारलाई वितरण गरिने सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्