एनआरएन नव-निर्वाचित सदस्य केसीद्धारा विपन्न वर्गलाई राहत सामाग्री

एनआरएन नव-निर्वाचित सदस्य केसीद्धारा विपन्न वर्गलाई राहत सामाग्री

विराटनगर । गैर आवासिय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टर (एन आर एन) को सहयोगमा विराटनगरका अपाङगता भएका ब्यक्तीका साथै विपन्नलाई राहत वितरण गरिएको छ ।


संघका कोलोराडो च्याप्टरका नवनिर्वाचित सदस्य सुमन केसीको पहलमा नगरक्षेत्रका ३० जना अपाङगता भएका ब्यक्ति सहित १ सय १० जनालाई राहत वितरण गरिएको हो । उनिहरुलाई राहतस्वरुप चामल,दाल र नुनतेल प्रदान गरिएको छ ।
विराटनगर ४ स्थित खत्री निवासमा बिहीबार एक कार्यक्रम आयोजना गरिसम्बन्धित वडाका वडाध्यक्ष देवेन्द्रराज पोखरेल,समाजसेवी टिकराज खत्री र कार्यक्रम संयोजक नारायण श्रेष्ठले लक्षित बर्गलाई राहत हस्तान्तरण गर्नुभयो ।


पछिल्लो समयको निषेधाज्ञाका कारण न्युन आर्थिक अवस्था भएका विपन्न नेपालीहरुको अवस्था नाजुक हुँदै गएको महशुश गरेर कान्छो छोरासँग समन्वय गरेर राहत सामाग्री वितरण गरिएको सुमन खत्रीका बुबा टिकाराज खत्रीले बताउनुभयो ।
अपाङ महासंघसंग समन्वय गरेर नगरक्षेत्रका विभिन्न वडाका ३० जना अपाङता भएका ब्यक्तीका साथै विराटनगर ४ का विपन्नबर्गलाई राहत प्रदान गरिएको खत्रीले बताउनुभयो ।-
अवसरमा बोल्नुहुँदै वडाध्यक्ष पोखरेलले विभिन्न सहयोगी संघसंस्थाको सहयोगमा वडाका अन्य क्षेत्रमा समेत राहत गरिदै आएको बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्