प्रदेश सरकारको नीति तथा कार्यक्रम ः स्वास्थ्य क्षेत्र प्राथमिकतामा

प्रदेश सरकारको नीति तथा कार्यक्रम ः स्वास्थ्य क्षेत्र प्राथमिकतामा

विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ ।
प्रदेशसभा आज बसेको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।
स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता’ मुल नारा दिइएको छ । नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोेजना तयार पारिने उल्लेख छ ।
अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निमार्ण, बिशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैयामा स्तरोन्नति गरिने सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।
गरिब तथा विपन्न वर्गको उपचारका लागी प्रदेशमा उपचार कोषको उपचार स्थापना गरिने उल्लेख छ ।
यस्तै प्रदेशद्धारा सञ्चालित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रण पश्चात प्रादेशिक प्रसुती तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गरिने प्रदेश सरकारको योजना छ । सबै माध्यमिक विद्यालयमा तालिम प्राप्त शिक्षकशिक्षिकाद्धारा किशोरकिशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौन शिक्षा प्रदान गर्न स्थानीय तहहरुसँग समन्वय गर्ने सरकारको वार्षिक नितिमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्