अल-आमना मुस्लिम महिलाद्वारा सहयोग

अल-आमना मुस्लिम महिलाद्वारा सहयोग

अल-आमना मुस्लिम महिला नेपालले कोभिड १९ को समयमा अप्ठ्यारोमा परेका समुदायलाई राहत सामाग्री वितरण गरेको छ ।
विराटनगर वार्ड नम्बर ६ मा अवस्थित साबाजिया मदरसा आयोजित राहत वितरण कार्यक्रममा १ सय ५० परिवारका महिलाहरुलाई राहत वितरण गरिएको थियो । राहत प्याकेजमा सेनिटरी प्याडका साथै च्युरा , भुजा र चाउचाउ वितरण गरिएको थियो ।

राहत वितरणका क्रममा बोल्दै अध्यक्ष मदिना खातुनले आफ्नो संस्था मोरंग जिल्लाको पहिलो मुस्लिम महिला संघ भएको जानकारी दिनु भएको थियो । उहाँले यस अघि आफ्नो संस्थाले अन्य सिपमुलक कार्यक्रम गर्दै आएपनि अहिलेको निषेधाज्ञाले अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न राहत वितरण गरिएको बताउनु भयो ।

राहत वितरणका अवसरमा आयोजित कार्यक्रममा मुस्लिम संघका केन्द्रिय सदस्य अफ्जल हुसैन गुल्जार, नेपाली काँग्रेस जिल्ला सदस्य राजेश गुप्ता, वार्ड ६ सभापती बद्रि थापा, मुस्लिम संघका वडा सभापति जावेद इक्वाल चान्द , महिला संघका उपसभापति जियन्ता अधिकारी, महिला संघकि सचिव प्रमिला थापा, खल आम्ना सचिव जेबा खानम, कोषाध्यक्ष आब्दा खातुनसहित अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्