लागुऔषधसहित मोटरसाइकलमा सवारले ठक्कर दिदाँ तीनजना घाइते, बिक्री गर्ने अब्बासको घरबाट हतियार बरामद

लागुऔषधसहित मोटरसाइकलमा सवारले ठक्कर दिदाँ तीनजना घाइते, बिक्री गर्ने अब्बासको घरबाट हतियार बरामद

विराटनगर । लागुऔषध बोकेर पैदल यात्रुलाई ठक्कर दिदैं हिड्ने दुई जना र लागुऔषध बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित सुन्दरहरैंचा नगरपालिका–९ का चेवनकुमार धमला र विशाल भन्ने खेम भट्टराई र उनीहरुलाई लागुऔषध बिक्री गर्ने सुनवर्षी–८ का अब्बास मियाँलाई पक्राउ गरेको हो ।

सुनवर्षीका अब्बासबाट लागुऔषध लिएर आएका धमला र भट्टराई सवार प्रदेश नं.१–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकलले बेलबारी नगरपालिका–१० भाउन्नेको जंगलस्थित पूर्व–पश्चिम मार्गमा बेलबारी–११ का १६ वर्षीय प्रितम राई, १५ वर्षीय सन्देश दास र कानेपोखरी–७ का ६५ वर्षीय दिलकुमार योगीलाई ठक्कर दिएका थिए ।

तीनजनालाई ठक्कर दिदाँ उनीहरुसहित मोटरसाइकलमा सवार धमला र भट्टराई समेत घाइते भएका थिए । उनीहरुको उपचार लागि नोबेल सामुदायिक अस्पताल बेलबारीमा ल्याइएको बेला शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल सवार धमला र भट्टराईको साथबाट लागुऔषध बरामद भएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ८९२ थान नाइट्रोजन ट्याब्लेट र १३.८६० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको थियो । अनुसन्धानका क्रममा लागुऔषध सुनवर्षीका अब्बासबाट लिएको खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अब्बासको घर खानतलासी गर्दा कटुवा पेस्तोल र दुईथान गोली, लागुऔषध नाईट्रभेट ६०० ट्याब्लेट, डाईलेक्स डिसी २ बोतल र चक्कु समेत बरामद गरेको छ । उनीहरु विरुद्ध इलाका प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्