मैथिल ब्राह्मण महासभाद्वारा विराटनगरका थप सहयोग

मैथिल ब्राह्मण महासभाद्वारा विराटनगरका थप सहयोग

मैथिल ब्राह्मण महासभा नेपालको युवा समिति मोरङले सपना सोशल एसोसिएशन अफ प्रोफेशनल नेपाली इन अमेरिकासँगको सहकार्यमा दोश्रो चरण अन्तर्गत विराटनगरका गरिब तथा विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको छ । निषेधाज्ञाबाट प्रभावित मजदुर तथा गरिबहरुलाई मध्यनजर गर्दै उनीहरुले विराटनगर महानगरको वार्ड नम्बर १, २, ३ र ४ तथा कटहरी गाउँपालिका वडा नम्बर १ का करिब १ सय घर परिवारलाई चामल १५ के.जी. खानेतेल १/२ लीटर, दाल २ के.जी., आलू २ के.जी., नून १ के.जी., हात धुने साबुन १ थान र मास्क सहितको राहत प्याकेज वितरण गरेको सहयोगी संस्थाका सदस्य सुरज मिश्रले जानकारी दिनु भयो ।
उक्त राहत वितरण विराटनगर २ स्थित श्री हनुमान मन्दिरमा भएको थियो ।

वितरण कार्यक्रममा मैथिल ब्राह्मण महासभा नेपाल, युवा समिति, मोरंग विराटनगरका अध्यक्ष मनोज मिश्र र अन्य पदाधिकारी सदस्यहरु विपिन कुमार झा, संतोष कुमार झा, चंद्रकांत ठाकुर, सूरज मिश्र, सुभाष झा ,नवीन झा, नंदकिशोर झा, निशित मिश्र, जितेन्द्र झा, अरुण ठाकुर, बरुण मिश्रा र स्थानिय समाजसेवी भक्ती माझी, पंकज बर्मा, नविन कणर्, मधुसुदन चौधरी, शम्भु कामतको सहभागी तथा सहयोग रहेको थियो । सोशल एसोसिएशन अफ प्रोफेशनल नेपाली इन अमेरिका तरफबाट अध्यक्ष डा.सुबोध मल्लिक, सचिव उषा झा, कोषाध्यक्ष डा. अर्चना कायस्थ, सदस्यहरु नीलु झा खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

राहत वितरण कार्यक्रमको संयोजन मनोज कुमार मिश्र र डा. राकेश मंडलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्