कानेपोखरी–६ का युवाहरुले शिवालय मन्दिर परिसर गरे सरसफाई

कानेपोखरी–६ का युवाहरुले शिवालय मन्दिर परिसर गरे सरसफाई

कानेपोखरी । युवाहरू शक्ति हुन् । प्रायः अभियानको सुरुवात युवाबाट नै हुन्छ। र, त्यसले सफलता पाएको उदाहरणहरु पनि प्रशस्त भेट्न सकिन्छ । युवाहरू हरेक परिवर्तनका संम्बाहक हुन भने राष्ट्रमा हुने हरेक कुराहरुको आधार पनि हुन् ।
यस्तै , युवाहरूको सक्रियतामा कानेपोखरी गाउँपालिका–६, शिवालय टोल स्थित मन्दिर डाँडा (त्रिपुरेश्वर महादेव मन्दिर)को आसपास क्षेत्रमा सरसफाई कार्य गरिएको छ ।

वार्ड नं। ६ शिवालय टोल, हनुमान चोक लगायतका सक्रिय युवाहरूको संयुक्त प्रयासबाट मन्दिर डाँडादेखि शनिश्चरेतर्फ जाने बाटोको छेउछाउ र दहि खोला पश्चिम रहेको अनावश्यक झाँडी फाँडेर सफा गरिएको हो । साथै, अब केही दिनमै डाँडामा रहेको केही रूखहरुमा रंगरोगन कार्य गरिने सो सरसफाइ कार्यक्रमका नेतृत्वकर्ता सुमन लिम्बुले बताए ।


उनले सो क्षेत्रलाई सफा र सुन्दर बनाउन तत्कालीन योजना र पर्यटकीय हिसाबले अझै राम्रो(राम्रो योजना ल्याउने र कार्यान्वयन गर्ने भविष्यात्मक योजना रहेको सुनाए । सो क्षेत्र सांस्कृतिक, पर्यटकीय तवरले पनि निकै सम्भावना बोकेको ठाउँ हो । हरेक बर्ष विभिन्न अवसरमा लाग्ने सांस्कृतिक मेला, पूजाआजा लगायतका समयमा मानिसहरुको निकै घुइँचो लाग्ने गर्दछ । साथै, फुर्सदको समय एकान्तमा बिताउन समेत सो क्षेत्र मानिसहरूले रोज्ने गरेका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्