पथरीशनिश्चरे–४ मा योजना तर्जुमाका लागि छलफल

पथरीशनिश्चरे–४ मा योजना तर्जुमाका लागि छलफल

पथरीशनिश्चरे । आर्थिक बर्ष २०७८÷०७९ का लागि पथरी शनिश्चरे वडा नं. ४ का योजना र बजेट तर्जुमा, नीति तथा कार्यक्रमबारे छलफल गरिएको छ । वडाले आगामी बजेट कुन–कुन योजनामा प्राथमिकीकरण गर्ने भनेर सरोकारवाला पक्षसँग योजना तर्जुमा छलफल गरेको हो ।

बजेट कार्यन्वयनका चुनौती, समस्या र संभावनाबारे वडाका बुद्धिजीवी, राजनीतिज्ञ, विभिन्न पार्टीका प्रतिनिधिहरु, शिक्षकहरु, वडाका विभिन्न कार्यक्रम शाखा संयोजकहरु लगायतसँग छ्लफल गरिएको थियो । कार्यक्रममा उपस्थितहरुले आफ्नो क्षेत्रमा रहेको समस्याहरु, जनताका गुनासो, आगामी दिनको बजेटलाई कुन तवरले सर्वपक्षीय गर्न सकिन्छ भनेर वडालाई सुझाव दिएका थिए ।

आफ्नो कुरा राख्ने वक्ताहरुले अहिलेको समयमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा वडाको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका थिए । साथै उनिहरुले शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी व्यवस्थापन, योग कार्यक्रम, विशेष गरि महिलाहरूक्क लागि आत्मरक्षाको तालिम, पुल निर्माण, बाटो स्तरोन्नति गर्ने लगायतका थुप्रै योजनाहरु अघि सारेका थिए ।

ती योजनाहरुको टिपोट गर्दै वडाअध्यक्ष गोबिन्द भण्डारीले सो कुराहरुलाई योजनामा समेट्ने बताए । साथै अझै केही योजनाहरु थपघट गर्नुपरेमा सबैसँग बसेर अझै केहि दिनसम्म सर–सल्लाह गरेर मात्र अन्तिम निर्णय गर्ने जानकारी दिए । अन्त्यमा उनले आगामी योजनाहरुलाई चुस्तदुरुस्त साथ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्