प्रदेश १ बाट ९०२ संक्रमणमुक्त, ४६२ संक्रमित थपिए

प्रदेश १ बाट ९०२ संक्रमणमुक्त, ४६२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४६२ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, ते¥हथुम र इलाममा७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १०१, सुन्दरहरैचामा ३५, पथरीशनिश्चरेमा १८, उर्लाबारीमा ११, बुढीगंगामा ५,रतुवामाई र बेलबारीमा३–३, रंगेली, सुनबर्षी, कटहरी र स्थानीयतहनखुलेका २–२, झापाको विर्तामोडमा २१, हल्दिबारीमा १५, कनकाईमा १३, दमकमा १२, शिवसताक्षीमा ९, अर्जुनधारा र भद्रपुरमा ८–८, झापागाउँपालिकामा ५, बुद्धशान्ति, मेचीनगर र कमलगाउँपालिकामा ४–४, गौरीगञ्ज र बा¥हदशीमा २–२, गौरादह र कचनकवलमा १–१, सुनसरीको इटहरीमा ४५, धरानमा ३०, बराहक्षेत्रमा ६, दुहवी र रामधुनीमा ५–५, हरिनगरमा २, गढी, देवानगञ्ज , इनरुवा र स्थानीयतहनखुलेका१–१जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ६, शहिदभूमीमा २, पाख्रिवास, महालक्ष्मी र स्थानीयतहनखुलेका १–१, संखुवासभाको खाँदबारीमा ४, चैनपुरमा २ र स्थानीयतहनखुलेका ३, ते¥हथुमको म्याङलुङमा ५, लालीगुराँसमा २, इलामको इलामनगरपालिकामा ३, चुलाचुलीमा २, रोङ र सुर्योदयमा १–१, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीयतहनखुलेका २–२, , पाँचथरको फिदिममा २, ताप्लेजुङको मिक्वाखोला र फक्ताङलुङमा १–१,भोजपुरको पौवादुङ्मा र स्थानीयतहनखुलेका १–१, र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६४ हजार ८५५पुगेको छ । सक्रिय संक्रमितको संख्या १६हजार ५८१ रहेको छ । प्रदेश १ माआज १ हजार ३७४जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २१०महिला र २५२जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्