दाँत माझ्दा ब्रस निलियो, नोबेलमा अप्रेशन सफल

दाँत माझ्दा ब्रस निलियो, नोबेलमा अप्रेशन सफल

विराटनगर । दाँतमा ब्रस गर्दागर्दै मोरङ मिक्लाजुङ–४ का ३५ वर्षीय गंगा मगरले स्वाट्टै ब्रस नै निलिदिए । दाँत सफा गरिसकेपछि उनले जिब्रोमा समेत ब्रस लगाएका थिए, त्यसैबेला चिप्लिएर ब्रस पेटमा गएको हो ।

आफैंले ब्रस निलेपछि उनी जेठ २७ गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आईपुगे । र, चिकित्सकलाई भने–मेरो पेटमा ब्रस छ ! चिकित्सकले उनको उपचारका लागि इण्डोस्कोपी विधि अपनाउन खोजेका थिए । तर, सानो सिक्का इण्डोस्कोपीमार्फत मुखबाटै निकाल्न मिल्ने भएपनि ठूलो ब्रस संभव थिएन ।

‘फरेन बडी एन स्टोम्याच’ तर ‘रेयर’ थियो, उपचारमा संलग्न डाक्टर अमित भट्टराईले भन्नुभयो–हामीले पेट चिरेर ब्रस निकाल्ने निधो ग¥यौं । डा.भट्टराई नेतृत्वको टिमले साँझ गत बिहीबार ६ः३० बजे मगरको पेटबाट ब्रस निकाले र शल्याक्रियामा सफलता पाएका थिए ।
१५ सेमीको ब्रस पेटबाट निकालिएका मगरलाई सोमबार डिस्चार्ज गर्ने तयारी गरिएको छ । अस्पताल आउँदा नि नर्मल रहेका उनी शल्याक्रियापछि नर्मल अवस्थामा फर्किसकेका छन्, डा. अमितले भन्नुभयो–यस्तो केश एकदमै कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्