हिमालय दर्शन कलेजद्धारा स्वास्थ्य तथा खाद्यन्न सामाग्री हस्तान्त्रण

हिमालय दर्शन कलेजद्धारा स्वास्थ्य तथा खाद्यन्न सामाग्री हस्तान्त्रण

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेज शैक्षिक गतिविधीसँगसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य तथा खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीको नेतृत्वमा लकडाउनको अवधिमा भोकालाई खाना खुवाउँने, गरिवलाई खाद्यन्न सामाग्री वितरण गर्ने संस्थालगायतलाई स्वास्थ्य तथा खाद्यन्न सामाग्री वितरण गरेको हो ।

कलेजले कोशी अस्पताल ओसीएमसी वार्डका लागी २ हजार थान माक्स र १० लिटर सेनिटाइजर वितरण गरेको छ । त्यस्तै विक्की कार्कीको नेतृत्वमा पोखरियाका युवाहरुले भोकालाई खाना खुवाउँने अभियानलाई १० बोरा चामल तथा ग्रामिण भेगका विपन्न परिवारलाई राहत वितरण गर्दै आएको जहदाको लक्ष्मीनिया युवा क्लवलाई ५ बोरा चामल वितरण गरिएको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।

उनीहरु सवैलाई कलेजका क्याम्पस प्रमुख सापकोटा, निर्देशकहरु शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल, ज्ञानबहादुर खडका र कलेजका संस्थापकहरुले वितरण गरे । हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा लागी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्