रंगेलीको कोभिड अस्पतालमा छैनन् संक्रमित

रंगेलीको कोभिड अस्पतालमा छैनन् संक्रमित

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको कोभिड अस्पताल पूर्ण रुपमा खाली भएको छ । कोरोना संक्रमण नियन्त्रणमा उदाहरणीय बनेको रंगेलीको अस्पताल शुन्य संक्रमित भएको हो । अस्पताल मात्रै नभई होम आईसोलेशनमा समेत संक्रमितको संख्या क्रमशः घट्दै गएको छ । कोरोना पोजेटिभ भएका संक्रमित निको भईसकेका हुन् । सबै डिस्चार्ज भएर घर फर्केपछि अस्पताल खाली भएको हो ।

दोस्रोचरणको कोरोना सङ्क्रमण बढदै गएपछि नगरपालिकाले बैशाख २९ गते देखि २० बेड अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याएको थियो । अस्पतालमा ४० जनाको उपचार गरिएको अस्पतालमा अहिले संक्रमित शुन्यमा झरेका हुन् । २६ जना पुरुष र १४ जना महिलाको उपचार गरेर आराम भएपछि फर्केका छन् । त्यहाँ उपचारका लागि भर्ना गरिएकामध्ये तीनजनालाई रेफर गरिएको थियो ।

रंगेलीमा संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेका अनुसार पुरानो रोगले ग्रसित रहेका थिए । नगरपालिकाले रंगेलीमा जेठ महिनादेखि कोरोना सङ्क्रमण बढदै गएपछि बजार क्षेत्र पुर्ण रुपमा सिल तथा निषेधाज्ञा गरेको कारण ले कोरोना सङ्क्रमण समेत घट्दै गएको छ । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले जोखिम रहँदासम्म सबै नागरिकले सचेत भएर घरमै बस्न आग्रह गर्नुभयो । उहाँले हतार गरेर स्वास्थ्य मापदण्ड पूरा नगरी व्यवसायीक कारोबार सूचारु गर्दा जोखिम फर्कने संभावनालाइृ ध्यानमा राखिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्