मोरङमा निषेधाज्ञा: मोडालिटी परिर्वतन गर्दै एक साताको लागि बढाईयो

मोरङमा निषेधाज्ञा: मोडालिटी परिर्वतन गर्दै एक साताको लागि बढाईयो

विराटनगर । मोरङमा जारी निषेधाज्ञालाई परिवर्तन गर्दै पुन: एक हप्ता बढाईएको छ । सोमबार बसेको डिसिसिएमसी बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाहरुलाई केही खुकुलो बनाउने निर्णय गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिएको जानकारी अनुसार आगामी असार ७ गते सम्मलाई थप निषेधाज्ञा बढाईएको छ । खड्का अनुसार निषेधाज्ञाको स्वरुपलाई केही परिमार्जन गर्दै निषेधाज्ञा बढाइएको हो ।
यस अघि विहान १० बजे सम्म मात्र खाद्यन्न लगायत अति आवश्यक सामाग्रीका पसल खोल्ने नियम थियो भने असार १ गतेबाट विहान ११ बजे सम्मलाई थप समय बढाइएको छ । त्यस्तै डिसिसिएमसीको बैठकबाट पुस्तक पसल र हार्डवयर पसललाई पनि खोल्न दिने निर्णय गरेको छ ।
कोरोना संक्रमणदर घट्दै गएकाले प्रदेश राजधानी विराटनगरसहित मोरङका सवै पालिकामा क्रमशः निषेधाज्ञा खुकुलो बनाउदै लगिने भएको हो । मोरङमा ३१ जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्