हेफर इन्टरनेशनलद्वारा कानेपोखरीलाई स्वास्थ्य सामाग्री उपलब्ध

<span class='c1'>हेफर इन्टरनेशनलद्वारा कानेपोखरीलाई</span> <span class='c2'>स्वास्थ्य सामाग्री उपलब्ध</span>

कानेपोखरी । हेफर इन्टरनेशनल नेपालको प्रमुख आर्थिक सहयोगमा दिगोपन सामाजिक उद्यमी महिला सहकारी र अभियान नेपालको सहकार्यमा मोरङ कानेपोखरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

आइतबार गाउँपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरि १२ लाख ५० हजार रुपैयाँ बराबरको सो सामग्री अभियान नेपालका प्रमुख प्रेम गिरीले गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेलाई हस्तान्तरण गरेका थिए ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि सहयोग पुग्ने सामग्रीहरु अक्सिजन कन्सन्ट्रेटर मेसिन २ थान, पोर्टेबल एक्सरे मेसिन १ थान, लुज ग्लोब ९७ बक्स, सर्जिकल ग्लोब ३० बक्स, पिपिइ ५५ सेट र बिरामीका लागि फोल्डिङ बेड ७ सेट प्राप्त भएको पालिका स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए ।
अभियान नेपालका अध्यक्ष गिरीले भने ुमहामारी नियन्त्रणमा हामी सबै एकजुट भएर लाग्नुपर्छ, एकजुट भएर एकअर्कालाई सहयोग गर्दैँ अगाडि बढे मात्र नियन्त्रणको पथमा चाडैं पुग्ने छौं ु।

सो सामग्री लिदैँ पालिका अध्यक्ष काफ्लेले सबैको साथ र सहयोगबाट मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिने बताए । साथै, उनले सम्पूर्ण सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा पालिकाका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।
यस संस्थाले बेलबारी, सुन्दरहरैँचा र पथरी शनिश्चरेलाई प्रती नगरपालिका ७ लाख ५० हजारका दरले सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्