बेलबारीमा बाख्रा काण्ड : ठेक्का सम्झौता खारेज गर्ने निर्णय

बेलबारीमा बाख्रा काण्ड : ठेक्का सम्झौता खारेज गर्ने निर्णय

बेलबारी । मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि संखुवासभाबीच बोयर बाख्रा खरिदका लागि गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको छ । ठेकेदार कम्पनिले जम्मा गरेको धरौटी रकम जफत गर्दै २०७८ जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

ग्रो अर्गानिक कृषि .प्रा.लि.ले ठेक्काबापत जम्मा गरेको जमानत रकम जफतगरी कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने निर्णय समेत गरेको नगरपालिका प्रवत्ता योगेन्द्र सुबेदीले जानकारी दिनुभयो ।
सुबेदीका अनुसार नगर कार्यापालिका सदस्य बिन्दुकला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका स्थानीय प्रतिनिधिलाई संलग्न गराइएको छ । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पार्टीका प्रतिनिधिलाई छानविन समितिमा राखिएको छ । ग्रो अर्गानिक कृषी प्रा.लि. सखुवासभालाई ठेक्का बापत हाल सम्म कुनै प्रकारका रकम भुत्तानी नगरेको नगरपालिकाले जनाएको छ ।

मोरङको बेलबारी नगरपालिकाले अष्टे«लियाबाट बोयर जातको बाख्रा झिकाएर किसानलाई वितरण गरेको थियो । कोरोना महामारीको समयमा नगरपालिकाले कृषक समूह तथा ब्याबसायिक फर्महरुलाई बाख्राका पाठापाठी वितरण गरेपछि त्यसको व्यापाक प्रचार गरेको थियो ।
एक करोड २५ लाख बजेटका ५२ ओटा पाठा र ३८ वटा पाठी खरिद गरेर ल्याएको ग्रो अर्गानिक कृषि प्रा.लि.सँग जेठ ३ गते सम्झौता भएको थियो । बन्दको समयमा जहाज समेत उडान नहुने बेला अष्ट्रलियाका बाख्रा नेपाल भित्र्याएको हल्ला मच्चाएपछि त्यसको स्थानीयस्तरमा चौतर्फी विरोध भएको थियो ।

विरोध बढ्दै जाँदा बोयर जातका भनिएका बाख्रा नेपालबाटै झिकाइएको खुलेको थियो । बोयर भनिएका उक्त बाख्रा स्थानीय जातको समेत रहेपछि नगरपालिका र ठेकेदार कम्पनिबीचको मिलेमतो भएको आशंका स्थानीयले गरेका थिए । जसको विरोधमा स्थानीयले बाख्रासहित नगरपालिका कार्यालयमा प्रदर्शन समेत गरेका थिए । त्यसपछि नगरपालिकाले ठेकेदार कम्पनिसँग सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्