प्रदेश सरकारको बजेट आज आउँदै, स्वास्थ्य र महत्वका पुराना योजना प्राथमिकतामा

<span class='c1'>प्रदेश सरकारको बजेट आज आउँदै, स्वास्थ्य</span> <span class='c2'>र महत्वका पुराना योजना प्राथमिकतामा</span>

विराटनगर । प्रदेश १ सरकारको चौथो पूर्ण बजेट आज आउँदैछ । आर्थिक वर्ष २०७८–७९ को विनियोजनसहित बार्षिक बजेट आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रदेशसभामा अपरान्ह ३ बजे पेश गर्नेछन् । सरकारले आगामी आबको वार्षिक नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत बजेट ल्याउने तयारी गरिएको हो ।

कृषि क्षेत्रको पुनःउत्थान र अघिल्ला आर्थिक बर्षमा सुरू गरिएका रणनीतिक महत्वका सडक तथा पुल जस्ता पूर्वाधार क्षेत्र प्राथमिकता राखिएका छन् । नयाँ योजनामा सरकारले ध्यान नदिने भएको छ । सरकारले आन्तरिक स्रोत बृद्धिका लागि करको दायरालाई उल्लेख्य रूपमा बढाउन सकेको छैन । विनियोजन लक्ष्य प्राप्तिका लागि प्रस्तुत गरिएको आयको अनुमान न्यून हुँदा चालु आर्थिक वर्षमा सरकारले झण्डै ४० प्रतिशतले ‘न्यून वित्त’ को सामना गर्नु परेको छ । यी सब समस्याको बावजुद पनि ३५ देखि ४० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको छ ।

तीन आर्थिक वर्षको स्रोत अनुमान हेर्दा प्रदेश १ मा आगामी आर्थिक वर्षको बजेट ३१ अर्बभन्दा माथि जाने ठोस आधार छैन । तर कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि अस्पतालहरूको स्तरोन्नति, अक्सिजन प्लान्ट, चिकित्सकहरूको व्यवस्थापन लगायतका प्राथमिकता समेटिएका कारण सरकारलाई बजेट आकार ४० अर्बको हाराहारी पुर्यारउनै पर्ने दवाव छ ।

प्रदेश १ सरकारले पहिलो आर्थिक वर्ष २०७४–७५ को बाँकी अवधिका लागि १ अर्ब २ करोडको बजेट सार्वजनिक गरेको थियो । त्यसपछिका आर्थिक बर्षमा पूर्ण बजेट आएका छन् । आर्थिक वर्ष २०७५–७६ मा ३५ अर्ब ९३ करोड ६० लाख, आब २०७६–७७ मा ४२ अर्ब २० करोड ४ लाख १२ हजार र चालु आब २०७७–७८ मा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रूपैयाँको बजेट विनियोजन प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्