झापा । झापा बुद्धशान्ति गाऊपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटाको हाती जोगाउन राखेको करेन्टमा परी मृत्यु भएको छ ।
आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागी घाईते भएकी उनको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएपछि उपचारका लागि अस्पतालमा भर्नापछि आज बिहान साढे ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको छ ।