राठीकोलद्वारा नि:शुल्क एम्बुलेन्स सेवा सुरु

राठीकोलद्वारा नि:शुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । कोरोना महामारीको समयलाई मध्यनजर गर्दै राठीकोलले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । विराटनगर ७ स्थित हाटखोलामा रहेको राठी एडेशिभ ईन्डष्ट्रिजले कोभिड १९ को माहामारीको अवस्थालाई मध्यनजर गर्दै “द बोण्ड अफ होप ” भन्ने कार्यक्रम अन्र्तगत मोरङ जिल्लाभरी निशुल्क एमुलेन्स सेवा ल्याएको हो ।

निशुल्क एमुलेन्स सेवाको बुधबार एक कार्यक्रमको आयोजना गरी २ वटा एम्बुलेन्सबाट सेवालाई अगाडी बढाएको हो । राठीकोलले बर्तमान अवस्थालाई मध्यनजर गर्दै आफ्नो सामान ढुवानी गर्ने मारुती भेन र म्याजिक भेनलाई एम्बुलेन्समा रुपान्तरण गरेको छ ।

निशुल्क एमुलेन्स सेवालाई राठी एडेशिभ ईन्डष्ट्रिजका संचालकहरु मुकेश कुमार राठी , अरुण कुमार राठी , स्याम राठी लगायतले एमुलेन्सको उद्घाटन गरेका थिए ।
विराटनगर लगायत मोरङ जिल्लामा कोरोना माहामारीका कारण एमुलेन्स सेवा नपाईरहेको अवस्थामा सामाजिक सेवा अन्तर्गत निशुल्क एमुलेन्स सेवा उपलब्ध गराईको राठी एडेशिभ ईन्डष्ट्रिजका संचालक अरुण राठीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्