हिमालय दर्शन कलेजद्वारा खाद्यान्न सहयोग

<span class='c1'>हिमालय दर्शन कलेजद्वारा</span> <span class='c2'>खाद्यान्न सहयोग</span>

विराटनगर । प्रदेशमा १ को राजधानी विराटनगरमा रहेको हिमालय दर्शन कलेजले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ ।

कलेजमा आज बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजले जिपी फाउण्डेशन प्रदेश १ को नेतृत्वमा लकडाउनको अवधिमा अति विपन्न ५० परिवारलाई पुग्ने खाद्यन्न सामाग्री वितरण गरेको हो ।

कलेजले फाउण्डेशन प्रदेश १ का अध्यक्ष शैलेन्द्रराज शिवाकोटीको नेतृत्वमा आएको टोलीलाई १५ केजीको दरले ५० पुग्ने चामल वितरण गरेको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए । उक्त चामल विराटनगर–१९ मा रहेका मुसर वस्तीका ५ परिवारलाई भोली विहिबार लगेर वितरण गर्ने फाउण्डेशनका प्रदेश १ अध्यक्ष शिवाकोटीले बताए ।
उक्त चामल कलेजका क्याम्पस प्रमुख सापकोटा, निर्देशद्वय भेषराज पोखरेल र ज्ञानबहादुर खडका, कलेजका संस्थापकहरु र विद्यार्थीहरु वितरण गरे । यस अघि कलेजले विभिन्न संस्थाहरुलाई राहतस्वरुप चामल वितरण गरेको थियो ।
हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा लागी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्