भिरबाट ट्रिफर खस्दा एक जनाको मृत्यु, एकजना घाईते

<span class='c1'>भिरबाट ट्रिफर खस्दा एक</span> <span class='c2'>जनाको मृत्यु, एकजना घाईते</span>

संखुवासभा । संखुवासभा चिचिला गाँउपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनद्धारा संचालनमा रहेको बा.५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ट्रिफरमा सवार धनकुटाका २२ बर्षीय दिपेश भटराई रहेका छन् भने घाईते ट्रिफर चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका २० बर्षीय नवराज श्रेष्ठ रहेका हुन् । ढुंगा अनलोड गर्ने क्रममा पछाडी सार्दा ट्रिफर अनियन्त्रीत भई बुधबार बेलुका ९ बजे ट्रिफर भिरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरी दुर्घटना भएको थियो ।

घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी बेश पुखुवा दोभानबाट प्रहरी टोली खटि गई घाईतेलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी तर्फ पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्