अहिले कोरोना महामारीले गर्दा अधिकांस क्षेत्र प्रभावित भएका छन् । अत्यावश्यक बाहेकका सबै नियमित कार्यहरु ठप्प भएका छन् । मानिसहरु घर भित्रै बस्न बाध्य भएका छन् अझ अस्पताल जस्तो उच्च जोखिम रहेको ठाउँमा मानिस जान त झन् डराएका छन् । अस्पतालमा पनि अत्यावस्यक बाहेकका नियमित सेवाहरु सबै ठप्प छन् यति बेला अहिले घर बाट सहजै निक्लिन सक्ने अवस्था नभएका र संक्रमित भइ घरमै आइसोलेट भएर बसेको अवस्थालाइ मध्यनजर गर्दै क्युरा हेल्थ मोवाइल एप्लिकेसनले घर बाटै रगत, दिसा, पिसाब, जांच गर्ने " प्याथ ल्याब एपोईनटमेन्ट बुकिंग " सेवा सुरु गरेको छ ।
क्युरा हेल्थले अहिले " विराट इन्टरनेसनल ल्याब " र फोकस डाईगोनोस्टिक ल्याब " समावेश गरि सेवा प्रदान गरिरहेको छ I एप्लिकेसनमा प्याथ ल्याबका ५० बढी टेस्टहरु समावेश गरिएको छ र टेस्ट छान्न गाह्रो भएमा वा नबुजेमा क्युरा हेल्थको मोवाइल एप्लिकेसन भित्र प्रोफाइलमा थिची " कन्ट्याक्ट अस " मा गएर सोझै सम्पर्क गर्न सकिन्छ संगसगै चिकित्सकको प्रेस्क्रिब्सन सो मा पठाएमा सहजीकरण हुनेछ ।
सेवा लिनका लागि आफ्नो मोबाइल एण्डरोइड भए प्ले स्टोर वा एप्पल भए एप्पल स्टोरमा गइ क्युरा हेल्थ एप्लिकेसन इन्स्टल गरि आवस्यक बिबरण हाली रजिस्ट्रेसन गर्नुपर्नेछ र त्यस पश्चात "बुक अ ल्याब टेस्ट" बटन थिचे पश्चात पुन आफुले गर्न चाहेको टेस्ट थिची र भएका ल्याबहरुको शुल्क दिएको छुट अफरहरु हेरी आफ्नो सहजता अनुरुप ल्याब छानेर, अन्त्यमा कुन टेस्ट कुन समयमा गर्ने छानी डन बटन थिच्नुपर्ने छ।
यस मोबाइल एप्स मार्फत विराटनगरको कुनै पनि स्थान बाट रगत, दिसा, पिसाब आदिको नमुना स्याम्पल संकलन गर्ने समय, जांच गराउने प्रयोगशाला र बिषयहरु छानी छानी बुक गर्न सकिन्छ ।
र आफुले इच्छाएको प्रयोगशाला छानिसके पश्चात स्याम्पल लिन तपाइले इच्छाएकै समयमा स्याम्पल लिन प्राविधिकहरु पूर्णरुपमा स्वास्थ्य सावधानी अपनाई आउनेछन् र जांच गरि सके पश्चात रिपोर्ट लिन पनि आफै पुग्नु नपर्ने रिपोर्ट क्युरा हेल्थले एप्लिकेसनमा र रजिस्ट्रेसन गर्दा हालिएको ईमेलमा उपलब्ध गराउने गरेको छ । र सो को रकम भुक्तानी भने अनलाइन पेमेन्ट गेटवेका माध्यम मार्फत वा नगद मार्फत टेस्ट गर्न आएको समयमा पनि भुक्तानी गर्न सकिन्छ ।
र थप सेवाका रुपमा क्युरा हेल्थ मोवाइल एप्लिकेसनमा निषेधाज्ञाले गर्दा कोरोना संक्रमण पोजेटिभ आए पछीको परिक्षणको लागि साधनको व्यवस्था नहुदा भएको असहजताका लागि घरै बसी कोरोनाको परिक्षण पी.सी.आर टेस्ट गराउन सकिने व्यवस्था र अस्पतालको ओ.पी.डी सेवा टेलिमेडिसिनका माध्यम बाट घरै बसी चिकित्सक संग परामर्श लिन सकिने सुविधा पनि सुरु गरेको छ ।