बाढीको उच्च जोखिममा गाइघाट बजार

<span class='c1'>बाढीको उच्च जोखिममा</span> <span class='c2'>गाइघाट बजार</span>

उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा छ ।

प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाइघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाइघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको बहाव बढ्दै गएपछि गाइघाट बजार बाढीको उच्च जोखिम देखिएको हो ।

वर्षेनी वर्षाको समयमा उच्च जोखिममा रहने गरे तापनि दिगो हिसाबमा जोखिम न्यूनीकरणका लागि ध्यान जान सकेको छैन् । “खोला नियन्त्रणका लागि बलियो तटबन्धन निर्माण नहुँदा गाइघाट बजार बाढीको उच्च जोखिममा छ”, स्थानीयवासी शिबबहादुर कार्कीले भन्नुभयो, “बरुवा खोला किनारका पुराना साना तटबन्धहरु बाढीले वर्षेनि भत्काउँदै आएको छ । कमजोर तटबन्धका कारण गाइघाट बजार अहिले उच्च जोखिममा परेको छ ।” ट्रयाक्टर व्यवसायीहरुले खोला किनार र तटबन्ध क्षेत्रमा समेत मनपरी उत्खनन गरेर ढुङगा निकाल्ने गर्नाले बरुवा खोलाको पुरानो तटबन्ध क्षेत्र कमजोर भएका कारण गाइघाट बजार नै उच्च जोखिमा रहेको उहाँको भनाइ छ ।

गत वर्षको बाढीले झण्डै सय मिटरभन्दा बढी तटबन्ध तथा बाँध भत्काएपछि नगरपालिकाको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले हजारौं बोरामा बालुवा राखेर सो तटबन्ध मर्मत गरेका थिए । यहाँका बासिन्दा वर्षायामसँगै बाढीले बगाउने डरले चैनको निन्द्रा नपर्ने गरेको अर्का स्थानीयवासी जीतबहादुर कार्कीको भनाइ छ । खोलामा दैनिक पानीको बहाव बढ्न थालेपछि स्थानीयवासी बारम्बार त्रसित हुने गरेका छन् । अत्यधिक पानी परेको अवस्थामा बाढी आएमा गाइघाट बजार खतरामा पर्ने भन्दै स्थानीयवासी रणबहादुर कटुवालले चिन्ता व्यक्त गर्नुभयो । समयमै विपत् न्यूनीकरण गर्न दीर्घकालीन हिसाबमा नसोच्ने हो भने गाइघाट बजार सङ्कटमा पर्ने उहाँको भनाइ छ ।

“स्थायी रुपमा बलियो बाँध निर्माण नहुँदा २०३२ सालमा बरुवा खोलामा आएको बाढी गाइघाट बजारमा प्रवेश गर्दा पचास घर विस्थापित भएको थियो”, स्थानीयवासी ८३ वर्षीय रत्नबहादुर श्रेष्ठले भन्नुभयो, “२०३७ सालको बाढीले ११० घर विस्थापित भएको थियो भने २०४२ र २०४९ सालमा आएको बाढीले पनि सयौं घरपरिवार विस्थापित भएको थियो । गाइघाट बजारको जोखिम न्यूनीकरण गर्न अहिलेसम्म कुनै पनि निकायको ध्यान जान नसकेकाले त्यहाँको जोखिम जस्ताको तस्तै रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्