विराटनगर । मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीय सरिता सोरेनको हत्या आरोपमा रतुवामाई नगरपालिका–६ का ३० वर्षीय सुफल हस्दा पक्राउ परेका छन् । हत्या भएको ४५ दिनपछि सरिताका आफ्नै प्रेमी हस्दालाई भारतबाट पक्राउ गरि बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको हो ।
तर, प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै पक्राउ परेका व्यक्तिको बारेमा केहि बताउन चाहेको छैन । थप अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरीले पक्राउ परेका हस्दासँग बयान लिईरहेको हो । सरिताको गत बैशाख १९ गते रतुवामाई नगरपालिका–४ भद्रचौक नजिकै मकैबारीमा शव फेला परेको थियो ।
मृतक सरिताको एक छोरा छन् । आरोपित हस्दा समेत विवाहित हुन् । उनीहरुबीच ७÷८ वर्ष अगाडीदेखि प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । सरिताको श्रीमान्को निधन भईसकेको छ ।