जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा

<span class='c1'>जनकपुरधाममा  एकसय श्ययाको</span> <span class='c2'>कोभिड विशेष अस्पताल सञ्चालनमा</span>

जनकपुर

प्रदेश २ सरकारले जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सो अस्पताल सञ्चालन गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा आज अस्पतालको शुभारम्भ गर्नुभयो ।सो अवसरमा मुख्यमन्त्री राउतले प्रतिष्ठानले कोरोना सङ्क्रमितको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवा छिट्टै शुरू गर्ने जानकारी दिनुभयो । उहाँले शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा भाडामा लिएका मणिपालले दशकौ. बिति सक्दा पनि अस्पताल सञ्तालन गर्न नसकेकाले मणिपालको लिज खारेज गराई उक्त जग्गा प्रतिष्ठान अन्तर्गत ल्याउने पहल शुरू गरिएको बताउनु भयो ।

सामाजिक विकास मन्त्री साहले प्रतिष्ठान प्रदेश सरकारको गौरवको योजना रहेको र स्वास्थ्य उपचारका क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि विपिएच , बिएन , बिएमएलटी लगायतको अध्यापन शुरू गर्ने जनाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्