अनलाइन बजार दराजको पुनः बैंकडेज अफर घोषणा

अनलाइन बजार दराजको पुनः बैंकडेज अफर घोषणा

विराटनगर । नेपालको अग्रणी अनलाइन बजार दराजले थप तीन प्रमुख नेपाली बैंकसँगको साझेदारीमा पुनः बैंकडेज अफर घोषणा गरेको छ । माछापुच्छेबैंक, मेगाबैंक र हिमालयन बैंकसँग साझेदारी गरि आगामी १७ जुनदेखि बैंकडेजअफर पुनःसुरु गर्ने घोषणा गरेको हो । यस अफरमार्फत ग्राहकहरुले कार्ड प्री–पेमेन्ट गरेमा १५ प्रशित र पाँचसयसम्मको छुट पाउन सक्नेछन् ।

यसैगरी अन्य चार बैंकहरु सानिमा, एनआईसी एशिया, नबिल र स्टाण्डर्ड चार्टर्ड बैंकसँग समेत पुनः बैंकडेज अफर सुरु गर्ने जनाएको छ । दराज बैंकडेजमार्फत ग्राहकहरु हप्ता भरि दराजका साझेदार बैंकहरुबाट छूटको मजा लिनसक्नेछन्।

माछापुच्छेबैंक, मेगाबैंक र हिमालयन बैंकका कार्डधारकहरूले हरेक बिहिबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्नसक्नेछन्।माछापुच्छे बैंकबाट डेबिटकार्ड भुक्तानीमा १० प्रतिशत र पाँचसय सम्मको छुट तथा क्रेडिटकार्ड भुक्तानमा १५ प्रतिशत र पाँचसयसम्मको छुट सुविधा दिइने भएको छ । यसैगरी मेगाबैंकको डेबिटकार्ड भुक्तानीमा १० प्रतिशत र पाँचसयसम्मको छुट र क्रेडिटकार्ड भुक्तानीमा १५ प्रतिशत र ५०० सम्मको छुट सुविधा तोकिएको छ । हिमालयन बैंकको प्रीपेड र क्रेडिटकार्ड भुक्तानीमा १५ प्रतिशत र पााचसयसम्मको छुट दिइने भएको हो ।
यसैगरि दराज बैंकडेज अफर अन्तर्गत, सोमबार ( सानीमा बैंकको क्रेडिटकार्ड भुक्तानमा १५ प्रतिशत र ५०० सम्मको छुट, डेबिटकार्ड भुक्तानमा १० प्रतिशत र ५०० सम्मको छुट सुविधा लिनसक्नेछन् ।

बुधबार एनआईसी एशिया बैंकको क्रेडिटकार्ड भुक्तानमा १५ प्रतिशत र ५०० सम्मको छुट तथा डेबिटकार्ड भुक्तानमा १० प्रतिशत र ५०० सम्मको छुट ग्राहकले पाउने भएका हुन् ।
शुक्रवार नबिल बैंकमार्फत १० प्रतिशत छुट तथा अधिकतम ५०० रुपँैया छुट, शनिबार स्टाण्डर्ड चार्टर्ड बैंकबाट १० प्रतिशत छुट
५०० सम्मको छुट पाउने घोषणा गरिएका छ ।

अनलाइन भुक्तानीको लागि सक्रिय क्रेडिट र डेबिट कार्ड मात्र यस प्रस्तावको लागि योग्यछन् । यस बाहेक, कार्ड सक्रिय नभएमा ग्राहकहरुले दराज एपमा गई बैंकहरु लेदिएको चरणहरू अनुसरण गर्नसक्ने छन् । त्यसैगरि इच्छुक ग्राहकहरूले उल्लेखित कुनैपनि बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिनसक्ने दराजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्