मोरङ कटहरीको जीवन विकास लघुवित्तले असार १३ गते आईपिओ खोल्ने

मोरङ कटहरीको जीवन विकास लघुवित्तले असार १३ गते आईपिओ खोल्ने

विराटनगर । विराटनगर नजिकै मोरङको कटहरी मुख्य कार्यालय रहेको जीवन विकास लघुवित्तको आईपिओ खुल्ने भएको छ । जीवन विकास लघुवित्तको आईपिओ असार १३ गतेदेखि खुल्ने भएको हो।

आईपिओको प्रतिसेयर आम्दानी नै १ सय रुपैयाँभन्दा धेरै भएकोले यस आइपिओ लगानीकर्ताको नजरमा पर्ने स्पष्ट देखिन्छ । कम्पनीको आइपिओमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १९ लाख ७७ हजार ३०० कित्ता सर्वसाधारण सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिनेछ।

कम्पनीको आइपिओमा न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त यस संस्थाले आइपिओ निश्कासनका लागि इक्रा नेपालबाट ‘बीबीबी माइनस’ रेटिङ प्राप्त गरेको छ। यसले कम्पनी सुरक्षित रहेको जनाउँछ।
कम्पनीको वित्तीय स्थिति अरु लघुवित्तको तुलनामा मजबुत देखिएको छ। आव २०७६–७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा छ।

त्यस्तै प्रतिसेयर नेटवर्थ नै ३०७ रुपैयाँ छ। यही स्तरको लघुवित्तको मूल्य बजारमा प्रतिकित्ता ५ हजार रुपैयाँको आसपासमा छ। कम्पनीको सञ्चित नाफा नै ३५ करोड ४२ लाख रुपैयाँ छ। कम्पनीको निष्क्रिय कर्जा चैत मसान्तसम्म ०.६० प्रतिशत छ।

कम्पनीको देशभर १ सय ३८ स्थानमा शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा रहेको छ। कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय वा सिडिएससीको मेरो सेयर एप–वेबमार्फत कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ। कम्पनीले जारी पुँजीको ३२.५ प्रतिशत साधारण सेयर जारी गर्न लागेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्