राष्ट्रिय युवा संघ नेपाल महानगर कमिटी विराटनगर १२ द्धारा राहत वितरण

राष्ट्रिय युवा संघ नेपाल महानगर कमिटी विराटनगर १२ द्धारा राहत वितरण

विराटनगर । दोस्रो चरणको कोरोना माहामारीको समयमा मुलुकका विभिन्न स्थानमा लामो समयदेखी निषेधाज्ञा जारी छ । सरकारले कोरोना भाईरस कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै एक महिना अघिदेखी निषेधाज्ञा गराएको छ ।

तर लामो समयदेखी जारी निषेधाज्ञाले दैनिकी गुजरा गरेर विहानबेलुकी छाक टार्नेहरुलाई भने समस्या हुदै आएको छ । सरकारले भने अहिले सम्म कुनै राहत ल्याउने सकेको छैन ।
त्योसँगै अति विपन्न घरपरिवारको लागी झनै समस्या हुन थालेको छ । निषेधाज्ञाबाट प्रभावितहरुलाई धेरै ठाँउहरुमा सहयोगी हातहरुले भने केही राहतको व्यावस्थापन गर्दै आएका छन् । यसै क्रममा यता राष्ट्रिय युवा संघ नेपाल महानगर कमिटी विराटनगर १२ ले पनि दैनिकी ज्यालादारी तथा अति विपन्न परिवारका सदस्यलाई खाद्यन्न सामाग्री विरतण गरेको छ ।
आफ्ना वडा भित्र रहेका अति विपन्न तथा विहान बेलुका छाक टार्न समस्या हुने घरपरिवारका ६० घर परिवारलाई राहत सामाग्री वितरण गरिएको राष्ट्रिय युवा संघ महानगर कमिटी विराटनगर १२ का अध्यक्ष मिलन कार्कीले जानकारी दिए । रोगले भन्दा पनि भोकले कोही पनि मर्न नपरोस भनेर राहत सामाग्री वितरण गरिएको कार्कीले बताए ।

राष्ट्रिय युवा संघ महानगर कमिटी विराटनगर १२ ले विराट सामुदायिक भवनमा व्यावस्थित रुपमा सामाजिक दुरी कायम गर्दै राहत सामाग्री वितरण गरेको थियो । रााष्ट्रिय युवा संघ महानगर कमिटी विराटनगर १२ले यस अघि उत्त वडा भित्र कोरोना संक्रमतिका घर – घरमा पुगेर सेनिटाईज गरेको राष्ट्रिय युवा संघ महानगर कमिटी विराटनगर १२ का ईन्चार्ज पदम कुमार खनालले जानकारी दिए । सरकारले गर्न नसकेको काम अहिले विभिन्न सामाजिक संघसस्थालेहरुले गर्दै आएका छन् । सरकारले गर्नु पर्ने काम व्यक्ति संघसस्थाहरुले गर्नुपरेको अवस्था आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्