संक्रमणमुक्त हुनेको संख्या बढ्दै, संक्रमित घट्दै

<span class='c1'>संक्रमणमुक्त हुनेको संख्या</span> <span class='c2'>बढ्दै, संक्रमित घट्दै</span>

विराटनगर । प्रदेश १ माआज १ हजार ७४० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा७७७महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माआज ३७१ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १५२, सुनसरीमा १०२, झापामा७२, इलाममा७, पाँचथर, ते¥हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा७८, बेलबारीमा २७,पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा७–७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा४–४, केराबरी र रतुवामाईमा२–२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १–१, सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२,दुहवी र रामधुनीमा ६–६, गढीमा ४, इनरुवामा ३, बर्जुमा २, हरिनगर र भोक्राहामा १–१, झापाको विर्तामोड र मेचीनगरमा१६–१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा७, गौरादहमा ५, अर्जुनधारामा ३, हल्दिबारी र बुद्धशान्तिमा १–१जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि इलामको इलामनगरपालिका र सुर्योदयमा २–२, माई, चुलाचुली र रोङमा १–१, पाँचथरको हिलिहाङमा १ र स्थानीयतहनखुलेका ४, ते¥हथुमको म्याङलुङमा ३ र स्थानीयतहनखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, संखुवासभाको सभापोखरी र चैनपुरमा २–२, धनकुटाको छथर र चौविसेमा १–१, ताप्लेजुङको फुङलिङ रउदयपुरको त्रियुगामा१–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या६७हजार ५९९ पुगेको छ । सक्रिय संक्रमितका संख्या १२ हजार ४०२ रहेको छ । प्रदेश १ माआज १ हजार १७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १७६ महिला र १९५ पुरुषको रिपोर्टपोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्