धर्मपरिवर्तन गरेका छोरालाई आफ्नै आमाको अन्त्येष्टिमा झमेला

<span class='c1'>धर्मपरिवर्तन गरेका छोरालाई आफ्नै</span> <span class='c2'>आमाको अन्त्येष्टिमा झमेला</span>

प्रेम देवान

विराटनगर । सिराहा जिल्लाको सिराहा नगरपालिका २ हकपाराकी ७२ बर्षीया सुमित्रा यादवको दुई दिन अगाडी बिहीबार बिहान ५ बजे उपचारको क्रममा विराटनगरको एक अस्पतालमा मृत्युभयो । जेठ ९ गतेदेखि उपचाररतः उनको विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा मृत्यु भएको थियो ।

मृत्युपछि आाफन्तले अन्तिम दाहसंस्कारका लागि लास बुझेर लैजानु पर्ने बेला भने फरक किसिमको अवस्था त्यहाँ देखिएको थियो । घरमा खाटबाट लडेकी सुमित्राको दाहिने खुटा भाँचिएको थियो । मृतक सुमित्राका एक श्रीमान् र दुई छोरा छन् । दुई छोरा मध्ये जेठो छोरो बा–आमासँग बस्दै आएका छन् भने कान्छो छोरो वेैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन् ।

सुमित्राका श्रीमान सुर्यनाथ यादव (गोप) परमपराकालदेखी हिन्दु धर्म मान्दै आएका थिए । तर, उनका जेठा छोराले भने १५ बर्ष भन्दा अगाडीदेखी इसाई धर्म मान्दै आएका थिए । जेठो छोरा लक्ष्मी प्रसाद यादव (गोप) ले लामो समयदेखी ईसाइ धर्म मान्दै आएका कारण आफुलाई जन्मदिने आमाको अन्त्येष्टि तथा दाहसस्कार आफ्नो धर्म अनुसार गर्ने योजना बनाएका थिए ।

मृतक सुमित्राको लासको अन्तेष्टी गर्नको लागी जेठो छोरो लक्ष्मीले काठको कफन ५ हजारमा किनेर अस्पतललमा ल्याएका थिए । त्यति मात्र हैन उनले आमाको शवलाई घर नलगेर सुनुुसरीमा नै अन्त्येष्टि गर्ने तयारी गरिसकेका थिए ।
आफ्नी जीवन संगिनी गुमाएका श्रीमान् सुर्यनाथ यादव भने आफ्नो हिन्दु संस्कार अनुसार अन्त्येष्टि चाहन्थे । उनले छोराको योजनालाई अस्पतालमै प्रतिवाद गरे । आफुहरुले बषौँदेखी हिन्दुधर्म मान्दै आएका कारण श्रीमतीको अन्तेष्टी र काजकिरिया आफ्नै विधी विधानअनुसार गर्ने भन्दै लासलाई अस्पतालमै रोके ।

अस्पतलमा यसरी पहिलो पटक घटेको घटना देखेर अस्पतालमा विरामीका कुरुवाहरु समेत छक्क परेका थिए । केहीबेर सम्म मृतक सुमित्राको विषयमा बाबु–छोराबीच विवाद उत्पन्न भयो । छोराले ईसाइ धर्म अनुसार गर्ने भन्ने त बाबुले हिन्दुपरमपरा अनुसार अन्त्येष्टि गर्ने विषय लामो समयसम्म साम्य भएन । निकैबेरको विवादपछि श्रीमतीप्रतिको अधिकार श्रीमान्लाई हुने भन्दै अस्पताल प्रशासन, स्थानीय बुद्धीजीविले ठहर गरिदिए ।

तर, छोराले आमाको अन्त्येष्टि आफुले गर्न नपाउँदा दुखेसो पोखेका छन् । उनले इसाई धर्म अनुसार भएपनि आफ्नै हक लाग्ने उनको बुझाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्