खसी चोरेको आरोपमा पक्राउ

<span class='c1'>खसी चोरेको</span> <span class='c2'>आरोपमा पक्राउ</span>

विराटनगर । मोरङ सुन्दरहरैंचा–७ का २७ वर्षीय डम्बर कटुवाल खसी चोरेको आरोपमा पक्राउ परेका छन् । उनलाई खसी डो¥याउँदै हिडिरहेको अवस्थामा सुन्दरहरैंचा–८ बाट प्रहरीले पक्राउ गरेको हो ।

सुन्दरहरैंचा–३ गछियाका जीवन खड्काको खोरबाट दुईवटा खसी शुक्रबार दिउँसो १ बजे हराएको थियो । खोरमा रहेका अन्दाजी ३० केजीको सेतो र १८ केजीको कालो पेटारे रंगको खसी हराएपछि खड्काले इलाका प्रहरी कार्यालय बेलबारीमा खबर गरेका थिए ।

सूचना पाएको प्रहरीले पिछा गर्ने क्रममा खसी तानेर लैजादै गरेकै अवस्थामा कटुवाललाई सुन्दरहरैंचा ८ कृष्ण पेट्रोलपम्प उत्तरतर्फको बाटोबाट पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । कटवालमाथि इलाका प्रहरी कार्यालय बेलबारीले चोरी कसुरमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्