प्रदेश १ मा ४६० संक्रमणमुक्त, २७४ संक्रमित थपिए

प्रदेश १ मा ४६० संक्रमणमुक्त, २७४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज ४६० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ माआज२७४ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१, झापाको दमकमा ४३, भद्रपुरमा १४, विर्तामोडमा १३, कमलगाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, कनकाई,अर्जुनधारा, बा¥हदशी र स्थानीयतहनखुलेका१–१, सुनसरीको धरानमा ४२, इटहरीमा २८, रामधुनीमा ५, इनरुवामा २ र स्थानीयतहनखुलेका ३, उदयपुरको बेलकामा २ र स्थानीयतहनखुलेका १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीयतहनखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या६७हजार ८७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार २०६ रहेको छ । प्रदेश १ माआज ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १३३ महिला १४१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्