विराटनगरबाट अठार केजी गाँजा र सात लाख नगदसहित ६ जना पक्राउ

विराटनगरबाट अठार केजी गाँजा र सात लाख नगदसहित ६ जना पक्राउ

विराटनगर । लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । उनीहरुलाई १८ केजी गाँजा र सातलाख नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई रहेका छन् भने यसै गरी भारतिय नागरिक भारत अररिया फार्बिजगन्ज का १९ बर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुर का २८ बर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुर का ३० बर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् ।

बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय, भारतिय नगद २ हजार लगायत विभिन्न कम्पनीको मोवायल थान–६ बरामद गरेको छ ।

प्रहरीले थप अनुन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसार पसारमा प्रयोग गरेको को १च २४१२ नम्बरको मारुती भेन र उनिहरुले विराटनगर महानगरपालिका ६ रामपुर स्थित झाँडीमा लुकाई छिपाई राखेको १८ केजी गाँजा बरामद गरेको थियो । पक्राउ परेकामध्ये सुर्य राई भेन चालक रहेको खुल्न आएको छ । पक्राउ परेका ६ जना उपर लागूऔषध कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्